बढ्यो सुनको मूल्य, तोलाको ९६ हजार ९ सय रुपैयाँ पुग्यो

56
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउ सोमबार तोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ९६ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ पुगेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि सोमबार तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँ खरिदबिक्रीकालागि निर्धारण गरिएको छ ।


  •  
  •  
  •