सुनको भाउ प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ पुग्याे

457
  •  
  •  
  •  

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

बिहीबार तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएको तर उत्पादन कम भएको तथा ठूला देशबीच द्वन्द्व बढ्दै गएकाले सुनको भाउ लगातार उकालो लागेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।

यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ । यसअघि २०६८ साल वैशाख १६ गते चाँदीको भाउ अहिलेसम्मकै महँगो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि साउन १६ सुनको भाउ ९९ हजार ३ सय रुपैयाँ पुगेको थियो । साउन १८ मा ९९ हजार ६ सय, साउन १९ मा ९९ हजार ६ सय, साउन २० मा ९९ हजार ८ सय, साउन २१ मा १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

साउनमा कति बढ्याे?

  • साउन १ मा ९२ हजार ७ सय
  • साउन २ मा ९२ हजार २ सय
  • साउन ४ मा ९२ हजार ५ सय
  • साउन ५ मा  ९२ हजार ३ सय
  • साउन ६ मा ९२ हजार ७ सय
  • साउन ७ मा ९२ हजार ७ सय
  • साउन ८ मा ९४ हजार
  • साउन ९ मा ९४ हजार ८ सय
  • साउन ११ मा ९६ हजार ३ सय
  • साउन १२ मा ९७ हजार ५ सय
  • साउन १३ मा ९८ हजार २ सय
  • साउन १४ मा ९८ हजार ८ सय
  • साउन १६ मा ९९ हजार ३ सय
  • साउन १८ मा ९९ हजार ६ सय
  • साउन १९ मा ९९ हजार ६ सय
  • साउन २० मा ९९ हजार ८ सय
  • साउन २१ मा  १ लाख १ हजार ४ सय
  • साउन २२ मा १ लाख २ हजार ५ सय
  • साउन २३ गते १ लाख ३ हजार ५ सय

 


  •  
  •  
  •