फेरि बढ्यो सुनको भाउ, प्रतितोला ९७ हजार ५ सय

260
  •  
  •  
  •  

काठमाडौं । नेपाली बजारमा सुनको भाउ उकासिएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार दुई सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचादी ब्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार तोलामा तोला पाँच सयले बढेर ९६ हजार ३ सय रुपैयाँ रुपैयाँ पुगेको थियो ।

 

 

गत बुधबारदेखि सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ६० पुगेको छ । चाँदी पनि प्रति तोला ५५ रुपैयाँले बढेर १ हजार २ सय १० रुपैया प्रति तोलामा कारोवार भैरहेको महासंघले जनाएको छ ।

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । लकडाउन अघि चैत्र १० गते सुन तोलाको ७७ हजारमा कारोबार भएको थियो । सुनको भाउ महँगो हुँदा कारोबार भने ठप्प जस्तै भएको छ ।


  •  
  •  
  •