सुनको भाउ अहिलेसम्मकै उच्च

281
  •  
  •  
  •  

काठमाडौं । बिहीबार सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ पुनः तोलामा ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम गरेको छ । बुधबार ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने मंगलबारको तुलनामा एकै दिन एक हजार ३ सय रुपैयाँले बढेको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ५ सय ५ रुपैयाँले बढेर ९४ हजार ६५ पुगेको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि निरन्तर बढेर तोलाको एक हजार ४५ रुपैयाँ पुगेको छ । बुधबार तोलामा एक हजार एक सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज आज ११ सय ४५ रुपैयाँ मूल्य कायम भएको छ ।


  •  
  •  
  •