सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९४ हजार पुग्यो

227
  •  
  •  
  •  

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ पुगेको हो।

आज एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो । यसअघि मंगलबार सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदी पनि आकाशिएको छ। चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको छ। मंगलबार चाँदी १ हजार ४० रुपैयाँमा प्रतितोला कारोबार भएको थियो।

 


  •  
  •  
  •