सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

233
  •  
  •  
  •  

काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९२ हजार २ सय रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ १२ डलरले घटेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपालमा पनि भाउ घटेको हो ।

यसअघि बिहीबार तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेको छ । चाँदी तोलाको ९ सय ९५ रुपैयाँ तोकिएको छ ।


  •  
  •  
  •