सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो

267
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउ मंगलबार तोलामा सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलाको ९२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

फाइल तस्बिर

महासंघका अनुसार सोमबार सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलाको ९२ हजार ३ सय रुपैयाँ पुगेको थियो । सुनको भाउ घटे पनि चाँदीको भाउ बढेको छ ।

मंगलबार चाँदी तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


  •  
  •  
  •