सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय पुग्यो

397
  •  
  •  
  •  

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा ९२ हजार ३०० रुपैयाँ पुगेको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यस्तैगरी चाँदी पनि रु १० बढी तोलामा ९९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


  •  
  •  
  •