३३ किलो सुन तस्करी प्रकरणमा यूएईमा पक्राउ परेका आरोपीलाई नेपाल ल्याइयो

368
  •  
  •  
  •  

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा यूएईमा पक्राउ परेका एक आरोपीलाई नेपाल ल्याइएको छ ।

इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि २०७५ माघमा यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शनिबार काठमाडौँ ल्याइएको हो । काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएको प्रहरीले जनाएको छ ।

मोरङका चुडामणि उप्रेती ‘गोरे’को समूहमा रहेर उनले यूएईबाट नेपालमा सुन तस्करी गर्ने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरेको थियो ।
खड्का वैदेशिक रोजगारीमा गए पनि जागिर छाडेर सुन तस्करीमा लागेको आरोप छ।


  •  
  •  
  •