सुनको भाउ तोलामा ७ सयले बढ्यो

180
  •  
  •  
  •  

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको छ ।


सुनको भाउ आज तोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । सुन सोमबार तोलामा २ सय रुपैयाँ घटेर ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन १७ सय ८६ डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


  •  
  •  
  •