सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घट्यो

1251
  •  
  •  
  •  

काठमाडौं । मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । सोमबार र आइतबार तोलाको ९१ हजार तीन सय रुपैयाँका कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलाको ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदी भने तोलाको नौ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेको छ । कारोबार नहुँदा सुनचाँदी बजार सुनसान जस्तै छ ।


  •  
  •  
  •