रेलको डिब्बामा तीन किलो सुन छोड्ने व्यक्तिको खोजी

427
  •  
  •  
  •  

एजेन्सी । स्वीट्जरल्यान्डमा एक व्यक्तिले सुन भरिएको झोला नै रेलको डिब्बामा छुटाएका छन् ।
गत अक्टोबरमा रेलको डिब्बामा तीन किलो सुन छोड्ने व्यक्तिको खोजी भइरहेको छ ।

झन्डै दुई करोड नेपाली रुपैयाँ मूल्यको सो झोला सेन्ट गाल्लेन र लुसेर्नबीचको रेलमा भेटिएको बीबीसीले उल्लेख गरेको छ ।

एउटा सरकारी विज्ञप्तिमा त्यसको मालिकलाई प्रमाणसहित झोला लिन आउन पाँच वर्षको म्याद दिइएको छ।

झोला अक्टोबरमा भेटिएको भए पनि अधिकारीहरू मालिक पत्ता लगाउन असफल भएपछि अहिले त्यसको विवरण सार्वजनिक गरिएको हो।


  •  
  •  
  •