सुनको मूल्य अहिलेसम्मकै उच्च

73
  •  
  •  
  •  

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापाबाल सुन ७८ हजार १ सयमा कारोबार भएको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

सुनको भाउ शुक्रबार प्रति तोलो पाँच सय रुपैयाँले बढेको हो । तेजावी सुन पनि प्रतितोला ५ सय रुपैयाँले बढेर ७७ हजार ८ सय रुपैयामा कारोबार भएको छ । एक हप्तामै मात्र सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । चाँदी भने तोलाको ९ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

कोरोना भाइरसको संक्रमण र शक्तिराष्ट्रविचको तनावले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको हो । सुनको मूल्य अझै बढने अनुमान अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मूल्य बढेपछि बजारमा सुन कारोबार ठप्प जस्तै भएको छ । खरिद गर्ने भन्दा बिक्री गर्न चाहानेहरु बढेको नेपाल सुनचादी ब्यवसायी संघले जनाएको छ । एक बर्षअघि दैनिक ५० किलोसम्म सून विक्री हुँदै आएकोमा अहिले दैनिक २० किलोमा सीमित भएको छ ।


  •  
  •  
  •