चार किलो सुनसहित एक जना पक्राउ

88
  •  
  •  
  •  

पर्सा ४ कात्तिक (ओएनएस) पर्सामा प्रहरीले ४ किलो सुनसहित एक जनालाई पक्रेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मंगलबार बिहान विरगञ्ज नयाँ बसपार्कबाट ४ किलो सुनसहित विरगञ्ज नगवाका मृत्युन्जय सराफलाई पक्रेको हो ।

काठमाडौंबाट रात्री बसमा सुन लिएर विरगञ्जको बसपार्कमा उत्रिएका सराफको शरीर खानतलाशी गर्दा सुन बरामद भएको प्रहरीले जनाएको छ । सुनसहित पक्राउ परेका सराफलाई जिल्ला प्रहरी कार्यालय पर्साले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •