सीमाकाे विषयमा सरकारको स्पष्ट दृष्टिकोण आइसकेको छ : बाँस्कोटा

82
  •  
  •  
  •  

स्याङ्जा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल–भारत सीमाका विषयमा नेपाल सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताएका छन् ।

फाइल तस्बिर

देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अंकित हुलाक टिकटको शुक्रबार अनावरण गर्दै मन्त्री बाँस्कोटाले भने, ‘सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन । हामीलाई राम्ररी थाहा छ । सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेका छौं ।’
सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफलमार्फत टुंगोमा पुर्याउने बताए ।

आलमदेवी मन्दिर शक्तिको केन्द्रका रुपमा स्थापित हुँदै गएको बताउँदै इतिहास, सम्पदा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको छविलाई उच्च बनाउन सरकार प्रतिबद्ध रहेकाले ढुक्क हुन आग्रह गरिन् ।


  •  
  •  
  •