सरकारलाई पूर्वराजा ज्ञानेन्द्रसँग तुलना नगर्नुहोस् : मन्त्री बाँस्कोटा

516
  •  
  •  
  •  

काठमाडौं, १७ चैत(ओएनएस) : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न आग्रह गरेको छन् ।

रिपोर्टस क्लबको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगर्न आग्रह गरे । सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने उनको भनाइ छ ।

उनले स्वतन्त्रताको नाममा पछिल्लो समय मिडिया आतंक देखिने गरेको टिप्पणी गरे । नियमन र नियन्त्रण फरक विषय भएको भन्दै उनले आलोचना र विश्लेषण गर्नुभन्दा पहिले सरकारले ल्याएका सबै नीति, कार्यक्रम र योजनाहरु पढ्न आग्रह गरे ।
सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा आएका टिप्पणी प्रति समेत उनले आक्रोश पोखे ।


  •  
  •  
  •