सिके राउतसँग भएको सहमति संविधानको परिभाषाभित्रै छ : मन्त्री बाँस्कोटा

14
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन(ओएनएस) : सूचना, सञ्चार तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सिके राउतसँग भएको सहमति संविधानको परिभाषभित्रै रहेको बताएका छन् ।

बिहीबार सिंहरबारमा आयोजित नियमति पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सिके राउतसँग गरिएको सहमतिको दोस्रो बुँदा संविधानको परिभाषाभित्रै रहेर गरिएको स्पष्ट पारे ।

सरकारले गत शुक्रबार स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउतसँग ११ बुँदे सहमति गरेको थियो ।
अहिले सहमतिको दोस्रो बुँदालाई लिएर विवाद भइरहेको छ ।

राउत पक्षले उक्त सम्झौतामा प्रयोग भएको ‘जनअभिमत’ शब्दलाई सरकार तराईका विषयमा जनमतसंग्रह गराउन तयार भएको रुपमा प्रचार गरिरहेको छ । तर, सरकारले भने त्यसलाई अस्वीकार गर्दै आएको छ । मन्त्री बाँस्कोटाले यस विषयमा शब्दको खेती चलिरहेको बताए ।


  •  
  •  
  •