सी भ्रमणले सम्भावनाको ढोका खुल्यो : बाँस्कोटा

57
  •  
  •  
  •  

काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना एवं सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले सम्भावनाको अथाह ढोका खुलेको भन्दै हिजोको सपनाहरु आज योजनामा बदलिन सघाएको बताएका छन् ।

भ्रमण पश्चात् नेपालले के कति उपलब्धी हासिल ग¥यो भन्ने विषयमा सञ्चार केन्द्र नेपालद्वारा आयोजित ‘चिनियाँ राष्ट्रपति सि जिङपिङको भ्रमण, उपलब्धि र कार्यान्वयनका चुनौतीहरु’ विषयक अन्तरक्रियामा मन्त्री बाँस्कोटाले भने, ‘अब योजनाहरु कार्यान्वयनका तहमा जानेछन् । जसले अबका केही वर्षहरुभित्र नेपालको सम्पूर्ण अर्थतन्त्र, उत्पादन क्षेत्र, बहुआयमिक सामाजिक आर्थिक रुपान्तरणलाई अघि बढाउनेछ ।’

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गरेकोले यो भ्रमण ऐतिहासिक र फलदायी भएको उनको तर्क छ ।
‘२३ वर्ष अघि चीन अहिलेको चीन थिएन भने नेपालमा पनि अहिलेको राजनीतिक व्यवस्था थिएन’ उनले भने ।
जनमतबाट पाँच वर्षको लागि गठन भएको सरकार रहेको बेला सीको नेपाल भ्रमणले नेपालका लागि बहुआयामिक उपलब्धी हासिल गरेको मन्त्री बाँस्कोटाले बताए । बाँस्कोटाले सीको भ्रमणले नेपाल भित्र र बाहिर उल्लेखनीय छापहरु छाडेर गएको दाबी गरे ।

यो भ्रमणलाई नेपालको संस्थापनले मात्र होइन, आम नागरिक र सबै राजनीतिक दल, सम्पूर्ण जनता र नेपालको भलो चिताउने सबैले हार्दिक स्वागत र समर्थन गरेको एउटा स्थिति देखा परेको मन्त्री बाँस्कोटाले बताए ।
‘हाम्रा विकास निर्माणका योजनाहरुमा, सुख र समृद्धिका अभियानहरुमा हामी साथै रहन्छौं भन्ने दुई देशको राजनीतिक नेतृत्वको बिचमा उच्च हिसाबको विश्वास देखिएको छ, बाँस्कोटाले भने ।

आर्थिक विकासतर्फ लक्षित दीर्घकालीन साझेदारीको कुरा भएको छ, जुन नेपाली जनताको आकांक्षा हो । सुख र समृद्धि हासिल गर्ने त्यसमा चिनिया राष्टपतिले हात बढाउने घोषणा हुनु गौरवको कुरा रहेको उनको धारणा थियो ।
‘प्रधानमन्त्रीले जुन सपना देख्नुभयो, नेपाल अब भूपरिवेष्ठितबाट भुजडित राष्टको रुपमा लैजाने । त्यसको निम्ति राष्टपतिले हामीलाई हौसला दिनुभयो । नेपालको विकास अभियानमा साथ रहेको र त्यसमा चीन सरकारको योगदान रहने प्रतिवद्धता पनि दोहो¥याउनुभयो’, मन्त्री बाँस्कोटाले भने ।

चीन र दक्षिण एसियासित अब हिमालयमा मानवीय पुल मात्र नभइ भौतिक पुल समेत स्थापित हुनु सुखद पक्ष रहेको मन्त्री बाँस्कोटाको भनाइ छ ।

‘सडक सञ्जाल, रेलवे, हवाई, संचार उर्जा यी सब कुराले हाम्रो समृद्ध राष्टहरुबाट छिमेकीले पाउने लाभको हिस्सा पनि हामीले पाउने अनुभूति भएको छ । यद्यपी त्यसमा हामी नै निर्णायक र महत्वपूर्ण हुन्छौं’, उनले भने ।
कार्यक्रममा आयोजक सञ्चार केन्द्रका अध्यक्ष एवं प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौंलागाईले राष्ट्रपतिको भ्रमणका उपलब्धि कार्यान्वयनका चरणमा लैजानुपर्ने आवश्यकता रहेको बताए ।


  •  
  •  
  •