मन्त्रीको हिसाबले बाहिरीएको छु, तर राजनीति भित्रै छु: गोकर्ण विष्ट

197
  •  
  •  
  •  

हामीले मन्त्रालयमा रहेर गरिबी, अभावमा बाँचिरहेका युवाहरु जो जोखिमपूर्ण जीवन बिताइरहेका छन् । उनीहको सुरक्षाको लागि कोसिस गर्‍याै‌।

नेपाल र मलेसियाबीचमा लामो समय गतिरोध उत्पन्न भयो । त्यो गतिरोध नेपालका युवाहरु जो काम गर्न मलेसिया जान्थे ।  ती युवाहरुमाथिकाे शोषण विरुद्धको हाम्रो निर्णय थियो । त्यो गतिरोधलाई हामीले फेरि दुई देशको सम्झौता मार्फत समाधान गर्‍याै‌ ।

नेपाली श्रमिकहरुमाथिका शोषणहरु अन्त्य गर्दै सम्पूर्ण रुपमा शुन्य लागतमा नेपालका श्रमिकहरु मलेसिया जान पाउने गरि नेपाल र मलेसिया बीचमा हामिले सम्झौंता सम्पन्न गर्‍याै‌ । त्यो नेपालको लागि अत्यन्तै महत्वपूर्ण उपलव्धी थियो । नेपालका युवाहरु, नेपालका श्रमिकका लागि त्यो ज्यादै महत्वपूर्ण प्राप्ति थियो ।

हामीले नेपाल युएइबीचमा, नेपाल र मरिसियसको बीचमा, नेपाल जापानको बीचमा नेपाली युवाहरु, नेपाली श्रमिकहरुको हितलाई केन्द्रमा राखेर लाखौँ नेपाली युवाहरुका समस्यालाई सम्बोधन गर्ने गरि, लाखौँ युवाहरुको शोषणलाई सम्बोधन गर्ने गरि, अन्त्य गर्ने गरि हाम्रा प्रत्यत्नहरुलाई अगाडि बढायौं ।

हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली श्रमिकहरु जसले मानवरक्षा जीवन बाँच्न पाउनुपर्छ भन्ने मूल्य र मान्यतालाई स्थापित गर्‍याै‌ । दुनियाँको जुनसुकै कुनामा बस्ने एउटा श्रमिकको जीवनप्रति राज्यले सरोकार राख्नुपर्छ । राज्य जिम्मेवार हुनुपर्छ । यहि कतव्र्यलाई निर्वाह गर्ने कोसिस गर्‍याै‌ ।

बिना कारण विदेशी जेलमा रहेका श्रमिकहरु, काम गर्दा गर्दै घाइते भएका, अपाङ्ग भएका श्रमिकहरु वा हरेक दिन आधा दर्जनभन्दा बढी काम गर्दा गर्दै जीवन गुमाएर आउने शवलाई सम्बोधन गर्ने कोशिश गर्‍यौ‌ । हामीले श्रमिकका पसिनालाई उचित सम्मान गर्ने प्रयास गर्‍यौ‌ ।


हरेक वर्ष नेपालमा लाखौँ युवाहरु कामका लागि बजारमा आउने गर्छन् । नेपालमा रोजागारको विषयले प्राथमिकता पाउन सकेको थिएन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने गरि, रोजगारीलाई प्राथमिकतामा राखेर प्रधानमन्त्री कार्यक्रम ल्यायौं ।

करिब एक वर्षको अवधिमा रोजगारसम्बन्धि ऐन निर्माण गर्‍यौ‌ । प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका, विस्तृत दस्तावेज, रोजगार संयोजकको पदपूर्ति, सेवा सम्बन्धि मापदण्ड, कामका लागि आधारित सामुदायिक आयोजन सञ्चालन कार्यविधि, ७ सय ५३ वटै तहमा रोजगार सेवा केन्द्रको स्थापना, रोजगार संयोजकको नियुक्ती, कार्यक्रमको कार्यान्वयन मार्फत छोटो अवधिका लागि भएपनि एक लाख ८७ हजार भन्दा व्यक्तिलाई रोजगारी प्रदान गर्ने कार्यक्रम अगाडि बढायौं ।
यो विशेष प्रकारको प्रयत्न थियो । जोखिमका रहेका आम श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरमा ल्याउने गरि सामाजिक सुरक्षा योजना शुरु गर्‍यौ‌ ।
दश हजार भन्दा बढी प्रतिष्ठानहरु सूचिकृत भए । एक लाख १५ हजार बढी श्रमिकहरु श्रमिकहरु सूचिकृत भइसकेका छन् ।


छोटो अवधिका लाखौँ श्रमिकहलाई समेट्ने उदेश्यका साथ निरन्तर हाम्रो प्रयत्नलाई जारी राख्यौँ ।

आन्तरिक श्रमिकहरुले तोकिएको ज्याला प्राप्त नगर्ने, अतिरिक्त कामको अतिरिक्त ज्याला प्राप्त नगर्ने, एउटा न्यनतम र मानवरक्षा जीवन प्राप्त गर्नका लागि पनि सुविधा प्राप्त नगर्ने नेपालका आन्तरिक बजारका श्रमिकहरुको जीवनलाई थोरै मात्रामा भएपनि राहत पु¥याउने उदेश्यले हामीले पारिश्रमिक वृद्धि गर्‍यौ‌ ।

वैदेशिक रोजारीका क्षेत्रका देखिएका तमाम विक्रितिहरुलाई अन्त्य गर्ने गरि सुधारका प्रयत्न गर्‍यौ‌ । नीति कानून संरचना प्रणाली, सुधार मार्फत वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने उदेश्यका साथ अगाडि बढायौं ।

हामी जतिबेला जहाँ रहन्छौं । हामीले हाम्रो कतव्र्यलाई पालना गर्नुपर्दछ ।  हामीले हाम्रो जिम्मेवारी, जवाफदेहितालाई प्रभावकारी रुपमा सम्पादन गर्नुपर्छ । पद क्षणिक कुरा हो । हाम्रो जीवन नै अस्थायी छ भने पद स्थायी हुने प्रश्नै हुँदैन ।

म आउँदा पनि एक दिन मन्त्रायलबाट निस्कनुपर्छ भन्ने महसुस गरेरै आएको थिए । पद अस्थायी चिज हो । मुख्य कुरा हामी एक घण्टा मात्रै बस्दा पनि देशप्रतिको हाम्रो जवाफदेहिता, जनताप्रतिको जवाफदेहिता हामीले इमानका साथ नै पूरा गर्नु पर्छ । समयले यसको मुल्यांकन अवस्य गर्नेछ ।


हाम्रो देश आज पनि गरिबी र अभावमा छ । हामीले हाम्रो देशलाई समृद्धिमा बदल्नुपर्नेछ ।
त्यसका लागि हामी सबै मिलेर जति धेरै मेहनत गर्छौ । इमानका साथ काम गर्छौ । जति नयाँ सोचका साथ काम गर्छौ । देश र जनतालाई केन्द्रमा राखेर भूमिका निवार्ह गर्छौं । त्यति नै हामी हाम्रो देशलाई बदल्नेछौं । जनताको जीवनलाई समृद्ध बनाउने र सभ्य समाज निर्माण गर्ने क्रममा सफलता प्राप्त गर्नेछौं ।

आज म मन्त्रीको हिसाबले बाहिरीएको छु तर राजनीति भित्रै छु । म देश र जनताको लागि काम गर्ने जुन कसम खाएको छु । त्यो प्रतिवद्धता मै छु ।

मेरो उदेश्य देश र जनतको लागि निरन्तर क्रियाशिल हुने नै हो । आज यो विदाइएको क्षणले अझ धेरै देश र जनताको हितमा काम गर्नका लागि थप उर्जा प्राप्त भएको छ ।

अझ नयाँ उचाइका साथ स्वाभिमानका साथ जनतालाई केन्द्रमा राखेर म भूमिका निर्वाह गर्नेछु ।  मैले यस ठाउँमा केहि सुधारका कदमहरु उठाइरहेका बेला जनताको हितमा काम गर्ने कुरा अवश्य जोखिम र कठिनपूर्ण हुन्छ भन्ने कुरा मैले अनुमान गरेकै थिए ।

(मन्तालयमा बिहीबार आयोजित विदाई कार्यक्रममा निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले  राखेका मन्तव्यको सम्पादित अंश)


  •  
  •  
  •