दशैंका लागि विहीवारसम्म १३ लाख यात्रु बाहिरिए

53
  •  
  •  
  •  

काठमाडौं, १० असोज (ओएनएस) ः दशै सुरु भएलगतै घर फर्कने यात्रुको चाप बढेको छ ।

विहीवार घटस्थापनाको दिन मात्र उपत्यकाबाट करिव ८५ हजार यात्रु बाहिरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
विभागका अनुसार बुधवारसम्म दैनिक ६० हजार यात्रु उपत्यकाबाट बाहिरिएका थिए ।

कामकाजी मानिसहरुको विदा सुरु भएकोले बाहिरिने संख्यामा बृद्वि भएको हो । फुलपातीको दिनसम्म बाहिरिने यात्रुको चाप यसरी बढ्ने बताइएको छ ।
विभागका अनुसार भदौ २५ गतेदेखि हालसम्म १३ लाख भन्दा बढी यात्रु बाहिरीसकेका छन् ।

साथै काठमाडौंबाट दैनिक ३ हजार सवारी बाहिरीने गरेको विभागले जानकारी दिएको छ । काठमाडौैबाट आफ्नो गृह जिल्ला फर्कने यात्रुको चाप शुक्रवार अझ बढेको छ ।


  •  
  •  
  •