नवौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरू

169
  •  
  •  
  •  

काठमाडौँ, १९ कात्तिक(ओएनएस) : गोदावरी फूलको व्यवसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘नवौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ आजदेखि ललितपुरको जावलाखेल खेल मैदानमा शुरू भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको प्रदर्शनीको नारान ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ रहेको छ भने प्रदर्शनी २२ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी तिहार पर्वलाई लक्षित गरी गर्न लागिए‍को एसोसियसनले जनाएको छ । मेलामा व्यवसायिक स्टल, सूचनामूलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टलसहित ३६ वटा प्रदर्शनी कक्ष रहनेछन् ।

मेलामा गोदावरी फूलको विभिन्न प्रजातिका फूलका साथै अन्य फूल र बिरूवासमेत राखिनेछ । मेलामा गोदावरी फूलको विभिन्न प्रजातिका फूलका साथै अन्य फूल बिरुवासमेत राखिने भएको छ । पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धिसहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिनेछ । प्रतिस्पर्धामा समावेश भएका नर्सरीलाई पुरस्कार तथा प्रमाणपत्र पनि दिने मेला संयोजक दिलिप बादेले बताए ।


  •  
  •  
  •