तिहारको चौथो दिन आज गोवर्धन पूजा र गोरुपूजा गरिँदै

184
  •  
  •  
  •  

काठमाडौं ७ कात्तिक (ओएनएस) : यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गोवर्धन पूजा र गोरुपूजा गरिँदैछ । आ–आफ्नो आँगनमा लिपपोत गरी गोवर्धन पर्वतको प्रतीकका रूपमा गाईको गोबरले पर्वतको आकृति बनाइ गोवर्धन पूजा गर्ने परम्परा रहेको छ । आज एकदिन पूजा गरि गोरु जोत्न हुन्न भन्ने मान्यता छ ।

द्धापर युगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्धन पर्वत उचाली गोकुलबासीलाई वर्षाबाट बचाइ इन्द्रको घमन्ड नष्ट गरेकाले त्यसै बेलादेखि गोवर्धन पर्वतकोे पूजा गर्ने चलन चलेको धार्मिक विश्वास छ ।

यसैगरी, वर्षभरी हलो र गाडा तानेर मानिसको उपकार गरेको गोरुको पनि आजै पूजा गरिन्छ । नेवार समुदायमा भने आज साँझ परिवारका सबै व्यक्ति बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ ।

संसारमा सबैभन्दा महत्वपूर्ण आत्मा हो । आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काम फलीफाप हुनुका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिन्छ


  •  
  •  
  •