खाद्यले खसिबोका ल्यायो

384
  •  
  •  
  •  

काठमाडौं, ११ असोज (ओएनएस) ः नेपाल खाद्य संस्थानले आइतवारदेखि खसीबोका विक्री गर्ने भएको छ ।

संस्थानले१२ बजेदेखि विक्री सुरु गर्ने जानकारी दिएको छ । शनिवार नै सवै खसिबोका ल्याइसकेको संस्थानका प्रवक्ता नवराज उपाध्यायले जानकारी दिए । संस्थानले दशैका लागि ३ हजार ४ सय खसि बोका आयात गर्न लागेको हो ।

खसिबोकाको मूल्य भने तोकिनसकेको उनले जानकारी दिए । यस बर्षको मूल्य पनि गत बर्षको जस्तै पर्ने जान्छ उनले भने ।
नाफा नराखी ढुवानी खर्चमात्र जोडेर खसी बोका बेच्ने बताइएको छ ।

संस्थानले गत साल ३० किलोभन्दा माथि ३ सय ९५ रुपैयाँ र २५ देखि ३० किलोसम्म ३ सय ९० रुपैयाँ केजी विक्री गरेको थियो । त्यस्तै २० देखि २५ किलोको मासु प्रतिकेजी ३ सय ७ण् रुपैयाँ विक्री गरेको थियो । विहीवार नै ल्याउने भनेपनि संकलन गर्न समय लागेकोले ढिला भएको संस्थानले जानकारी दिएको छ ।


  •  
  •  
  •