खसीबोकाको मूल्य निर्धारण, आजदेखि बिक्री सुरु

89
  •  
  •  
  •  

काठमाडौं, १३ असोज (ओएनएस) : नेपाल खाद्य संस्थानले आजदेखि थापाथलिस्थित संस्थानको गोदामबाट खसीबोका बिक्री सुरु गरेको छ । साथै संस्थानले जिउँदो खसी २० किलोसम्म ४ सय ६, ३० किलोसम्म ४ सय १८ र सो भन्दा माथि ४ सय २५ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
संस्थानले विगतमा तराई तथा मध्य पहाडी जिल्लाबाट दसैको समयमा खसीबोका खरिद गरी घटस्थापनाको ३–४ दिनअघिदेखि नै काठमाडौं ल्याउने र मूल्य निर्धारण गरी घटस्थापनादेखि बिक्री गर्ने गरेकामा विभिन्न जिल्लामा खसीबोका खरिद गर्न नसकेका कारण यस वर्ष बिक्री ढिलो हुन गएको बताइएको छ ।
दसैँमा मासुको माग अत्यधिक बढ्ने भएकाले निजी क्षेत्रबाट मात्र खसीबोकाको कारोबार हुँदा बजार एकाधिकार भई त्यसको मूल्य अनियन्त्रित तरिकाले बढ्ने हुँदा यस अवधिमा संस्थानले कृषकसँग खसीबोका खरिद गरी वैज्ञानिक मूल्य निर्धारण गरेर बजार मूल्यलाई सन्तुलनमा राख्न खसीबोका बिक्री गर्दछ ।
संस्थानले यस वर्ष करिब तीन हजार चार सय खसीबोका ल्याउने बताएको छ ।

  •  
  •  
  •