बाख्रा हराएपछि आत्महत्या

345
  •  
  •  
  •  

नेपालगन्ज, २९ जेठ – बाख्रा हराएको रिसमा श्रीमानले कुटपिट गरेपछि बर्दिया जमुनी ८ की ३० वर्षीया बालकुमारी थापा शाहले विषाली सेवन गरी आत्महत्या गरेकी छिन् ।
उनको नेपालगन्जको नर्सिङहोममा उपचारका क्रममा मंगलबार ज्यान गएको हो । गत आइतबार साँझ घरनजिकै जंगलमा चराउन लगेका दुई वटा बाख्रा हराएपछि श्रीमान शंभु शाहले बालकुमारीमाथि कुटपिट गरेका थिए ।
ुसाँझ बाख्रा हराएको निहुँमा झगडा भएछ । कुटपिट पनि गरेछ र घरबाट निस्कन भनेपछि बिहानै विषादी सेवन गरेको बुझिएको छ,ु मृतक बालकुमारीका काका डम्बर थापाले भने ।
मृतकका एक छोरा र एक छोरी छन् । माइती पक्षले भने आत्महत्या नभएर बालकुमारीको हत्या भएको भन्दै शंभुमाथि इलाका प्रहरी कार्यालय मैनापोखरीमा जाहेरी दर्ता गराएको काका डम्बरले जानकारी दिए ।
राजधानी दैनिकबाट


  •  
  •  
  •