गोलमेच सम्मेलन स्थगित हुनु अघि जे भयो

152
  •  
  •  
  •  

काठमाडौं, ३१ भदौ (ओएनएस) : गोलमेच सम्मेलन तयारी हुने पक्का पक्की भएको थियो । यसका लागि कार्यदलले सबै कार्यविधि तयार गरेको थियो । त्यसलाई अनुमोदन गर्न गोलमेच सम्मेलनको पूर्वसन्ध्यामा सोमबार बेलुकी शिर्ष नेतासहित कार्यदलको बैठक बस्यो ।

_AKD8886_ooooआन्तरिक रुपमा संविधानका अन्तरवस्तुमा सहमति खोजेर संविधानसभाबाट अनुमोदन गर्ने विषयमा समेत दलहरु सकारात्मक भएका थिए । यसमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोईरालाले नै जोड गरेका थिए । तर, सोमबार बेलुकी बैठकबाट वातावरण विग्रियो । पहिले संविधानका अन्र्तवस्तुमा मात्रै छलफल गर्ने मोटामोटी सहमति भएको थियो तर प्रधानमन्त्री निवास वालुवाटमा बसेको बैठकमा भने सबै दल फरक रुपमा प्रस्तुत भएपछि सम्मेलन अनिश्चत भएको थियो ।_AKD8956

अन्तिम तयारी गर्ने भनेर बसेको छलफलमा प्रधानमन्त्री सुशील कोईराला समेत वेवास्था गरेर छलफलमा सहभागि नभएको आरोप नेकपा–माओवादीको छ । नेकपा–माओवादीले संविधानका अन्तर्वस्तुमा मात्रै छलफल गर्ने भन्दा पनि शान्ति प्रकृयाका समग्र विषय, भारतसँगको पीडीए तथा पीटीए सम्झौता र संविधानको स्वामित्व सबैले लिन सक्ने गरि सहभागिताका आधारमा छलफल गर्नुपर्ने भनेपछि वातावरण विग्रेको थियो । बेलुकी ९ बजेपछि भोली फेरी वस्ने गरि बैठक स्थगित भयो ।_AKD9015

मंलबार विहान साढे ८ बजे संविधान सभा भवनमा सम्मेलन गर्ने भनेपनि त्यसको थप पूर्व तयारीका लागि नेकपा–माओवादीका नेताहरु वालुवाटार पुगेपनि फेरी एजेण्डामा कुरा मिलेन र सम्मेलन अनिश्ति बन्न पुग्यो ।
‘मलाई निकै दुःख लाग्यो’

_AKD9025अन्योलकाबीच प्र्रधानमन्त्री सुशील कोईरालासहित मुख्य दलका नेताहरु विहान ८ बजेदेखि नै संविधान सभा भवन छिर्न सुरु गरिसकेका थिए । बालुवाटारमा कुरा नमिलेपछि माओवादी नेतृत्वको मोर्चा नेकपा–माओवादी पार्टीको कार्यालय बुद्धनगरमा पुगे । यता बानेश्वरमा प्रधानमन्त्री सुशील कोईरालाले ९ बजेतिर आफूलाई नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’ले ४५ मिनेटभित्र आउने जानकारी गराएको अरुलाई सुनाउँदै थिए । बैद्य माओवादी नेतृत्वको मोर्चा भने एजेण्डा नै टुंगो नभएको भन्दै नजाने निर्णय गर्न पार्टी कार्यालयमा बैठक वसिरहेको थियो ।_AKD9022

प्रधानमन्त्री कोईरालाले फेरी फोन गरेर सोधे र सुनाए,‘उहाँहरु १५ मिनेटमा आउने रे !’ २०÷२५ मिनेटपछि नआउने खबर पाएपछि कोईरालाले फोनमै अध्यक्ष बैद्यलाई भने,‘ तपाईहरु नआउने भए हामीलाई किन कुराएको ? हामीले तपाईहरुकै लागि भनेर यत्रो तयारी ग¥यौं ।

तपाईहरु नआउँदा जनतामा नकारात्मक सन्देश जान्छ । यही आउनुस् सबै विषय यही बसेर छलफल गरौं कुरा राख्नेस् ।’ तर उताबाट नआउने भनेपछि फेरी प्रधानमन्त्री कोईरालाले भने, तपाईहरु नआउँदा मलाई एकदमै दुःख लागेको छ ।’ गोलो बनाएर राखिएको मेच र ब्यानर त्यत्तिकै छोडेर मुख्य दलका नेताहरु लागे । बुद्धनगरमा बसेको नेकपा–माओवादीको पदाधिकारी बैठकले मंलबारको सम्मेलनमा नजाने निर्णय ग¥यो ।

११ बजेतिर नेकपा–माओवादी उपाध्यक्ष सी.पी गजुुरेलले भने,‘ हामीले शान्ति प्रकृयाका विषय, राष्ट्रिय महत्वका मुद्वा र संविधानका अन्तर्वस्तुमा छलफल गर्ने गरेर एजेण्डा तयार गर्न भन्यौं तर कांग्रेस र एमालेका साथीहरुले मान्नुभएन विना एजेण्डा किन छलफलमा बस्ने भनेर आजका लागि नजाने निर्णय ग¥र्यौ ।’माओवादीले एजेण्डा तय गर्नका लागि फेरी छलफल गरेर जान सकिने बताएको छ । गजुरेलले भने,‘ वार्तालाई हामी निरन्तरता दिन्छौं र फेरी एजेण्डा तय गरेर बस्न सकिन्छ ।’


  •  
  •  
  •