सामाजिक विषयको परीक्षा स्थगित भएपछि प्रदर्शन

429
  •  
  •  
  •  

काठमाडौं, १५ चैत(ओएनएस) : शुक्रबार हुने एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएसँगै परीक्षा रद्द भएको छ ।


परीक्षा रद्द भएको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको सिराह गोलबजार नगरपालिका ८ चोहरर्बा अगाडि विद्यार्थीले शुक्रबार बिहान टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
परीक्षा रद्ध भएपछि घर फर्किन बाध्य भएका विद्यार्थीले जनता नमुना माध्यामिक विद्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
यसअघि बिहिबार पनि विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो ।

विद्यार्थीको प्रदर्शनपछि यातायात पूर्ण अवरुद्ध भएको छ ।


  •  
  •  
  •