गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा भण्डारी नियुक्त

723
  •  
  •  
  •  

काठमाडौं, २१ असाेज (ओएनएस) : सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले संस्थानको कार्यकारी अध्यक्षमा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हाे ।

संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई तीन दिने स्पष्टिकरण सोधिएको र संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिएको राजिनामा बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।


  •  
  •  
  •