अब जिमेलबाटै पठाउन सकिन्छ पैसा, गुगल वालेटको नयाँ सुविधा

337
  •  
  •  
  •  

gmailकाठमाडौ/ माघ : जीमेलको प्रयोग गर्ने प्रयोगकर्तालाई एउटा खुसीको खबर छ । जीमेल प्रयिगकर्ताले अव एक इमेलको प्रयोग गरेर आफूले चाहेको स्थानमा पैसा पठाउन सक्नेछन् ।

गुगलको यो सुविधा गुगल वालेटको साथमा गरिएको संयोजनपछि सम्भव भएको हो । यो सुविधाको प्रयोग गर्नका लागि जिमेल प्रयोगकर्ताको उमेर १८ वर्षभन्दा धेरै हुने पर्नेछ । साथै जीमेलमा एकाउण्ट हुने पर्नेछ । पैसा पठाउन र पाउनका लागि दुवैतर्फ जीमेल एकाउण्ट हुनुपर्नेछ । यसपछि आफ्नो साथी र परिवारलाई मेलमार्फत नै पैसा पठाउन सकिने छ ।

पैसा पठाउने यो सुविधा अहिले डेस्कटप ब्राउजरको प्रयोगबाट गर्न सकिन्छ । इमेलबाट पैसा पठाउने प्रक्रिया तबमात्र पुरा हुन्छ जब पैसा पठाउने व्यक्तिको पनि इमेल एकाउण्ट हुनुपर्छ । तर, यसका लागि जिमेल एकाउण्ट नै हुनुपर्ने आवश्यकता भने छैन् ।


  •  
  •  
  •