ग्लोबल आइएमइ बैंकको कार्ड तथा एटिएम सेवा बन्द

396
  •  
  •  
  •  

काठमाडौं, ७ चैत(ओएनएस) : ग्लोबल आइएमइ बैंकको कार्ड तथा एटिएम सेवा बन्द भएको छ ।

बैंकले प्रयोग गर्दै आएको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ कार्ड ल्याउन लागेको भन्दै बिहिबार सम्पूर्ण एटिएम सेवा बन्द रहने जनाएको छ ।

कार्ड परिवर्तन गर्नका लागि सम्पूर्ण डेविट तथा क्रेडिट कार्ड र एटिएम मेसिनका सेवाहरु बन्द रहने भन्दै बैंकले सूचना निकालेको छ । आज बिहान १० बजेदेखि राति ९ बजेसम्म एटिएमका सम्पूर्ण सेवा बन्द रहनेछ ।


  •  
  •  
  •