काठमाडौँ, २३ चैत(ओएनएस) : ग्लोबल आइएमई बैंकले ‘रेमिट्यान्स बचत खाता’ खोल्ने योजना ल्याएको छ । विदेशबाट आउने रेमिट्यान्सलाई बचतमा रूपान्तरण गर्नका लागि बैंकले उक्त योजना ल्याएको हो ।
उक्त खातामा विदेशबाट आएको रकमलाई ग्राहकले ग्लोबल आइएमई बैंकमा खोलेको रेमिटेन्स बचत खातामा सोझै जम्मा गर्न सक्नेछन् । उक्त बचत गरिएको रकम ग्राहकले ग्लोबल आइएमई बैंकका जुनसुकै शाखा तथा एटिएमबाट सजिलै झिक्न सक्नेछन् । खातामा रहेको रकममा ब्याज समेत प्रदान गरिनेछ ।
बैंकले स्थापनादेखि नै युएई, कतार, बहराइन, इण्डिया, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीया लगायतका देशहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।