ग्लोबल आइएमईको नयाँ खाता सञ्चालनमा

101
  •  
  •  
  •  

काठमाडौं, : ग्लोबल आइएमई बैकले नयाँ वर्षको सुरुवातसँगै नयाँ खाता सञ्चालनमा ल्याएको छ ।

सरकारले बैंक खाता नहुने नेपाली नागरिकलाई लक्षित गरी शुरु गर्न लागेको ‘समृद्धसँग जोडौं नाताः सबै नेपालीको बैंक खाता’ अभियान अन्तर्गत बैंकले नयाँ खाता सञ्चालनमा ल्याएको हो ।

नयाँ वर्ष २०७६ सालको सुरुवातसँगै वैशाख १ गतेबाट बैंकको खाता खोल्न सकिने छ । बैंकले एक सय रुपैयाँ बोनसस्वरुप खातामा जम्मा गरिदिने जनाएको छ । बैंकले सबै शाखा र एक्सटेन्सन काउण्टरमा नयाँ खाता खोल्न सकिने जनाएको छ ।
त्यस्तै, नागरिकता, राहदानी, फोटोसहितको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतीपत्र वा कुनै पनि सरकारी निकायले जारी गरेको फोटोसहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिने बैंकले जनाएको छ ।


  •  
  •  
  •