ग्लोवल आइएमइको सेवा अव अष्ट्रेलियासम्म

318
  •  
  •  
  •  

 globla ime काठमाडौं ,३० कात्तिक (ओएनएस) :  ग्लोबल आईएमई बैंकले अष्ट्रेलियामा सम्पर्क प्रतिनिधि कार्यालय खोल्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेको छ ।

बैंंकले अष्ट्रेलियाको नियमनकारी निकाय अष्ट्रेलियन प्रुडेन्सियल रेगुलेशन अथोरिटी  (एपीआरए)बाट उक्त देशमा कार्यालय स्थापना गर्ने स्वीकृति प्राप्त गरेको थियो ।  नेपाल राष्ट्र हाल कार्यालय स्थपनाका लागि अन्तिम स्वीकृति दिएको हो ।
उक्त स्वीकृतिपछि ग्लोवल आइएमइले सम्पर्क कार्यालय खोल्ने प्रक्रिया शुरू गर्ने जानकारी दिएको छ ।

सम्पर्क प्रतिनिधि कार्यालयले नेपाली तथा अष्ट्रेलियाली व्यवसायीबीच व्यापारिक एवम् लगानीसम्बन्धी प्रवद्र्धनात्मक कार्यमा समेत सघाउनेछ ।

यसका साथै काम तथा पढाइका क्रममा अष्टे«लिया पुगेका नेपालीलाई नेपालमा रेमिट्यान्सलगायत अन्य बंकिङ कारोबार गर्न सहज हुने बैंकले बताएको छ ।

बैंकले  नेपाल राष्ट्र बैंकबाट अन्य मुलुकमा पनि सम्पर्क प्रतिनिधि कार्यालय खोल्नका प्रारम्भिक सैद्धान्तिक स्वीकृति पाइसकेको जानकारी दिएको छ ।


  •  
  •  
  •