अब रोढा ढुंगा निकास गर्न नपाइने

204
  •  
  •  
  •  

काठमाडौं, १ साउन (ओएनएस) । चुरे क्षेत्रको संरक्षणकालागि सरकाराले ढुंगा, गिट्टी र बालुवालगायतका निर्माणजन्य प्राकृतिक वस्तु भारत निकासीमा बिहिबारदेखि रोक लगाएको छ । त्यसका लागि संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले बिहीबारदेखि लागूहुने गरि उत्खनन् अनुमति नदिन जिल्ला विकास समितिहरुलाई निर्देशन दिएको छ ।

बाणिज्य तथा आपुर्ति मन्त्रालयले असार २३ गते राजपत्रमा सूचना प्रकाशित गरि ढुंगा गिट्टी भारत निकासीमा रोक लगाएपछि स्थानिय विकास मन्त्रालयले आजबाट रोक लगाएको हो ।

स्थानिय विकास मन्त्रालयका प्रबक्ता दिनेश थपलियाका अनुसार आज देखि असोज सम्म स्थानिय निकासीमा पनि रोक लगाइने छ ।

सरकारले पूर्वको इलाम देखि पश्चिमको कञ्चनपुर सम्मका ३६ जिल्लालाई चुरे क्षेत्र घोषणा गरेको छ । ती जिल्लामा पर्ने ४ सय ३० गाविस र नगरपालिका क्षेत्रबाट ढुंगा गिट्टी निकासी गर्न पाइने छैन् ।


  •  
  •  
  •