गीतकाे बाेल चोरी प्रकरण : शम्भु प्रधानले कति मागे ‘कृ’ फिल्मका निर्मातासँग क्षतिपूर्ति

259
  •  
  •  
  •  

काठमाडौं, १४ चैत (ओएनएस) : गीतकाे बाेल चोरी गरेकाे आरोपमा मंगलबार पक्राउ परेका ‘कृ’ फिल्मका निर्माता सुवास गिरीसँग पीडितले १५ लाख रुपैयाँकाे क्षतिपूर्ति माग गरेका छन्।

करिब साढे तीन दश अघि रिलिज भएकाे ‘सम्झना’ फिल्मका निर्माता तथा निर्देशक शम्भु प्रधानले ‘सम्झना’ फिल्ममा गाइएकाे बाेलकाे गीत हालै रिलिज भएकाे ‘कृ’ फिल्ममा मेराे बिना गाइएकाेले क्षतिपूर्ति माग गरेकाे बताए।

प्रधानले बनाएको फिल्म ‘सम्झना’को ‘उकालीमा अघि अघि’ बोलको गीत चोरेर ‘कृ’ मा राखिएको भन्दै उनले जाहेरी दिएकाे प्रहरीले जनाएकाे छ। निर्देशक प्रधानले प्रहरीमा जाहेरी दिएपछि गिरी मंगलबार पक्राउ परेका थिए।

पक्राउ परेका निर्माता गिरीलाई मिलापत्र गराएर छुटाउन निर्माता, निर्देशक लगायतको टोली प्रहरी कार्यालयमा पुगेका छन्।पहिले छलफल गर्दा निर्माता गिरीले क्षतिपूर्ति दिन अस्वीकार गरे पनि पक्राउ परेपछि भने क्षतिपूर्ति दिने बताएका छन्। सो क्रममा प्रधानले १५ लाख रुपैयाँ क्षतिपूर्ति मागेका हुन्।

दुई पक्षबीच अन्य कलाकारको रोहवरमा छलफल भइरहेको छ। ‘अहिले छलफल भइरहेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले भने, ‘सहमति भएन भने म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाउँछौं।’

प्रधानले प्रतिलिपि अधिकार ऐन अनुसार कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए।


  •  
  •  
  •