के चाहन्छन् युवतीहरू आफ्नो प्रेमीबाट, १० कुरा

448
  •  
  •  
  •  

romantic-couple-with-red-roseकाठमाडौँ, जेठ / हरेक युवती आफ्नो प्रेमीबाट केही न केही आशा गर्ने गर्छन्, ती आशा गरिएका कुराहरू आफ्नो प्रेमीलाई सहजै भन्ने गर्दैनन् । तर, उनीहरू मनमनै प्रेमीले आफ्ना ती चाहना गरिएका कुराहरू पूरा गरिदिओस् भन्ने चाहन्छन् । उनीहरूले चाहना वा आशा गरेका कुराहरू सामान्य भएपनि यसले दुईबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत गर्छ ।

के हुन् युवतीले आफ्नो प्रेमीबाट चाहने ती कुरा ? थाहा पाऔँ

– प्रेमीले युवतीलाई बिहान गुङ मर्निङ र राती सुत्नुअघि गुड नाइट विश गरे उनीहरूमा छुट्टै महसुस गराउँछ । त्यो विसले युवतीहरूको दिन राम्रो हुन सक्छ भने राती राम्रो निन्द्रा लाग्न सक्छ ।

– आमरूपमा युवतीहरू फोटो खिच्न निकै शौखिन हुन्छन् । खासगरी आफ्नो साथमा प्रेमी रहेको बेलामा उनीहरू फोटो खिच्न अझै आतुर हुने गर्छन् । उनीहरू आफ्नो प्रेमीसँगको हरेक पललाई आफ्नो क्यामेरामा कैद गरेर राख्न चाहन्छन् ।

– युवतीले आफ्नो प्रेमीलाई नभनिकन चाहने अर्को कुरा भनेको किस हो । उनीहरू आफ्नो प्रेमीले आफूलाई किस गरोस् भन्ने चाहन्छन् ।

– आफ्नो बालापन बितेपनि युवतीहरू प्रेमीबाट गुडियाँहरू गिफ्टमा चाहन्छन् र सोही गुडियालाई अंगालो हालेर सुत्न उनीहरू मन पराउँछन् ।

– प्रेमलाई शब्दमा व्यक्त गरेर सकिदैन तर, युवतीहरू आफ्नो प्रेमीले सकेसम्म धेरै पटक आफूलाई प्रेम गर्ने कुरा भनोस् भन्ने चाहन्छन् । उनीहरूलाई बारम्बार प्रेमीले आफूलाई प्रेम गर्ने कुरा भनिरहोस् भन्ने चाहना हुन्छ ।

– आफ्नो प्रेमीसँग आफ्नो मन पर्ने चलचित्र हेर्ने हरेक युवतीको चाहना हुन्छ ।

– हरेक युवती आफ्नो प्रेमीसँग विवाह र बच्चाको बारेमा कुराकानी गर्न मन पराउँछन् । तर, युवकहरू भने यस्तो कुरालाई सकेसम्म वेवास्ता गर्न चाहन्छन् र उनीहरू अर्कै कुरालाई घुसाएर त्यसबाट छुटकारा पाउने प्रयास गर्ने गर्छन् ।

– हरेक युवतीलाई आफ्नो प्रेमीले आफ्नो स-साना कुरामा प्रशंसा गरोस् भन्ने चाहन्छन् र यसमा उनीहरू निकै खुसी हुन्छन् । उनीहरुको यस्तो चाहना हुन्छ कि आफ्नो कपडा, उनको बानीदेखि हरेक कुरामा उनको प्रशंसा गरोस् ।

– हरेक युवतीको आफ्नो प्रेमीसँग आफूलाई समय नदिएको, धेरै कुरा नगरेको भन्ने गुनासो रहिरहन्छ । उनीहरू आफ्नो प्रेमीले आफूसँग घण्टौसम्म कुरा गरोस् भन्ने चाहन्छन् ।

– आफ्नो प्रेमीले आफूलाई मिठो स्वरले विभिन्न मायालु शब्दले सम्बोधन गरेर बोलाओस् भन्ने चाहना राख्छन् ।


  •  
  •  
  •