आईफोनका लागि १२ वर्षीय छोरीले आमामाथि जे गरिन्

206
  •  
  •  
  •  

Slow-Poisonकाठमाडौ, ९ चैत(एजेन्सी) : आईफोन प्रयोग गर्नका लागि रोकेको झोकमा १२ वर्षीया एक बालिकाले आफ्नै आमालाई विष खुवाएर मार्ने प्रयास गरेकी छिन् । यसको खबर पाएपछि ती बालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त घटना कोलोराडोको एक शहरको हो । प्रहरीका अनुसार आरोपी बालिकाले दुईपटकसम्म आफ्नै आमालाई मार्ने प्रयास गरेकी थिइन् । बालिकाको यस हरकतबारे आमालाई त्यस अवस्थामा शंका लाग्यो जब खाजा खाने बेलामा पानीको गिलास र खाजामा ब्लिचको गन्ध आएको थियो ।

त्यतिबेला बालिकाकी आमाले यसलाई वेवास्ता गरिन् तर, जब बेडरूममा राखेको पानीमा पनि ब्लिचको गन्ध आयो तब उनी हैरान भइन् र छोरीलाई यसबारे सोधेकी थीइन् ।

दी इन्डिपेन्डेन्टका अनुसार प्रहरीको सोधपुछका क्रममा बालिकाले आफूले आमालाई मार्न चाहेको स्वीकार गरेकी थिइन् । आमाले आईफोन प्रयोग गर्न नदिएपछि उनले आमालाई मार्न खोजेको बताएकी थिइन् ।

ब्लिच मिसाइएको पानी खाँदा ती बालिकाकी आमाको स्वास्थ्यमा समस्या देखिएको थियो र उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । अस्पतालबाटै उनले आफ्नी छोरीको कर्तुतबारे जानकारी दिएकी थिइन् । अहिले उनी उपचारपछि घर फर्किएकी छिन् ।

आरोपी बालिकालाई हिरासतमा राखेर जुवेनाइल सेन्टरमा पेश गरिएको छ । दुईपटक गरिएको हत्या प्रयासको मुद्धा दर्ता गरिएको छ ।


  •  
  •  
  •