‘केपी ओली र सीके राउत प्रवृति बिखण्डनको कारण बन्न सक्छन्’

160
  •  
  •  
  •  

Giriraj Mani Pokharelकाठमाडौं १९ चैत (ओएनएस) :  एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरलेलले ३० दलीय मोर्चालाई सत्तापक्षले जबरजस्ती आन्दोलनमा धकेल्न खोजेको बताएका छन् ।

केहीदिन पछिको आन्दोलका तयारीका लागि शुक्रबार चितवन जान लागेको पोखरेलले पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस–एमालेको कात्तिक १७ गतेको नौं बुँदेको विकल्पमा कुराकानी समेत गर्न नचाहदा परिस्थित जटिल बन्न लागेको भन्दै चिन्ता व्यक्त गरे ।

‘मैले सभामुखबाट धेरै ठुलो अपेक्षा राखेको थिए, उहाँले २३ गते बहुमतीयकै आधारमा जानेगरि शीर्ष तहका नेतासँग छलफल समेत नगरी बैठक बोलाउनुहोला भन्ने लागेको थिएन’, पोखरेलले भने, ‘पछिल्लो समय उहाँले लिएको सक्रियताले सार्थक रुप लिनै लाग्दा उहाँले चालेको स्टेप चाहीँ गलत भएको छ ।’

सभाध्यक्षले गत पाँच गते प्रमुख साचेतकहरुको छलफल राखेपछि आफूले सक्रियता लिए विपक्षी सहितका शीर्ष नेताको छलफल भएको भन्दै सभाध्यक्षले विपक्षीको आन्दोलन सुरु हुने समयलाई अन्तिम म्याद तोकेर सकारात्मक कदम थालेको टिप्पणी गरे ।

‘फागुन ६ गते शीर्ष तहको बैठक पछि ११ गतेसम्मको समय दिनुभएको थियो’ उनले भने, ११ गते पुनः १५ गतेसम्मको सयम दिएपछि मैले नैं पश्चिम जान लाग्नुभएका बाबुराम भट्टराईलाई भेटेर वार्ताका लागि पहल गर्र्नुपर्ने बताए, उहाँले पश्चिम भ्रमण रद्द गर्नुभयो, पूर्वाञ्चलमा रहनुभएका नारायणकाजी श्रेष्ठलाई पनि काठमाडौं आउन भने ।’

उनले फेरी थपे, ‘२३ गते सभामुखले बोलाएको बैठकका लागि उहाँको ‘स्टेप’ मिलेन १६ गते शीर्ष नेतालाई बैठकमा डाकेर जानुपथ्र्यो, हाम्रा कुरा पनि सुनिनुपर्छ भन्ने हाम्रो अपेक्षा हो ।’

पोखरेलले प्रधानमन्त्रीले पनि व्यक्तिगत रुपमा खेल्नुपर्ने जति भूमिका खेल्न नसकेको बताए । ‘प्रधानमन्त्रीज्यूले पनि जुन रोल खेल्नु पथ्र्यो खेल्नु भएन, उहाँको अन्तरमनमा बहुमतीय गढेर पनि हुनसक्छ, पार्टीको महाधिवेशन प्रधानमन्त्री भएरै सक्ने मनसाय पनि हुनसक्छ’ उनले भने, ‘अमुर्त सकारात्मक भावले सहमति हुँदैन, सहमतिका लागि त ठोस प्रस्ताव आउन पर्यो नी ।’ पोखरेलले प्रधानमन्त्रीले प्रचण्डसँग फोनदेखि भेटसम्म धेरै सकारात्मक कुरा गरेपनि सहमतिका लागि ठोस प्रस्ताव नआउन पत्ता नपल्टिएको खुलासा गरे ।

उनले प्रधानमन्त्रीका तर्फबाट तथा कांग्रेसका तर्फबाट दुई मन्त्रीले लिएको सक्रियताको भने प्रसंसा गरे । ‘नेपाली कांग्रेस वा प्रधानमन्त्रीका तर्फबाट मन्त्रीहरु नरहरि र महेस आचार्यले लिएको सक्रियता सकारात्मक छ’ पाखेरेलले भने, ‘केपी ओली वा एमालेका तर्फबाट वार्ता गर्ने वा सहमतिका लागि पहल गर्ने पात्रसमेत देखा परेको छैनन् ।’

एमाले अध्यक्ष केपी ओलीले आन्दोलन र मधेसको चर्को आलोचना मात्र गरेको तर सहमतिका प्रयास नैं नगरेको बताए । ‘हाम्रा नेताहरु चै वार्ता चाहिएको जस्तो आन्दोलन छोडेर घरघरमा भेटिरहनुभएको छ’ पोखरेलले भने, ‘केपी ओलीका तर्फबाट न विश्वासिलो वार्ता टोली छ न उहाँले नैं सक्रियतापूर्वक वार्ता गरिहनुभएको छ ।’

‘आन्दोलनको बलमा कुनै पनि सहमति सम्भmौंता हुँदैन भन्ने ओलीको अडान देखिन्छ’ पखरेलले भने, ‘आन्दोलनमा गएको शक्तिले आन्दोलनको भावना विपरित सम्झौता गर्न सक्दैन यहि सोचले सहमति हुन नदिने खतरा छ ।’

उनले संघीयताले देश जोड्ने र राष्ट्रियता थप मजबुत पार्ने भन्दै ओलीको मधेस कहाँ छ ? भन्ने सोच र सीके राउतको मधेसलाई ‘राईट् टु सेपरेसन’ को अधिकार हुन्छ भन्ने वकालत बिखण्डनको कारण बन्न सक्ने खतरा औंल्याए । ‘संघीयता बिखण्डनको कारण बन्नै सक्दैन, यसले त राष्ट्रियतालाई थप बलियो बनाउने हो’ उनले भने, ‘ओली मधेसको छुट्टीने अधिकारको वकालत गर्ने सीके राउत वा मधेस कहाँ छ ? भन्ने केपी ओली प्रवृति विखण्डनका लागि खतरा बन्न सक्छन् ।’

उनले कात्तिक १७ मा पे्श गरेको नौं बुँदेको विकल्पमा अर्को प्रस्ताव ल्याउनु नै अहिलेको राजनीतिका लागि सबैभन्दा उत्तम बाटो हुने तर्क राखे ।


  •  
  •  
  •