किन पुगे गृहमन्त्री थापा करागार

256
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (अाेएनएस) : गृहमन्त्री रामबहादुर थापा आज काठमाडौंका विभिन्न करागारमा पुगेका छन्। करागारमा पुगेर गृहमन्त्री थापा अनुगमन गरी त्यहाँको अवस्थाबारे जानकारी लिएका छन्।

सुन्धारास्थित केन्द्रीय कारागार, डिल्लीबजार कारागार लगायतको अनुगमनमा रहेका मन्त्री थापाले कैदीबन्दीको दैनिकी अवस्थकाे साथै भौतिक संरचनाबारे चासो राखेका थिए।

 सोही क्रममा कारागार प्रशासनले गृहमन्त्रीसामु बुँदागत रुपमा समस्या र आफ्ना कार्यक्रमबारे अवगत गराएको थियो।

केन्द्रीय कारागारमा २ हजार ६५० जना कैदीबन्दीका साथै बालसुधार गृह सानोठिमीमा १५० भन्दा बढी कैदीबन्दी बालबालिका रहेको जानकारी गराइएको थियो। हाल कारागारमा ८ सय भन्दा बढी बिरामी अवस्थामा रहेको पनि गृहमन्त्री थापालाई करागार प्रशासनले जानकारी गराइएको छ।

कारागार कम्पाउन्डमा भरपर्दो सुरक्षा गेट नभएको, कैदीबन्दीका आफन्तहरुलाई चेकजाँच गर्ने स्थानको अभाव, पर्याप्त सेन्ट्री पोस्टको अभावका साथै रात्रि ड्युटीमा रहने सुरक्षाकर्मीलाई आवासको व्यस्था नहुँदा सुरक्षा चुनौती बढेको समस्याबारे पनि प्रशासनले गृहमन्त्रीलाई अवगत गराइएको जेलर गणेश भट्टराईले बताए।

१०४ वर्षअघि निर्माण भएको कारागारमा भूकम्पले क्षति पुर्याउँदा १६ जनाको मृत्यु भएको थियो। सिदाबापत दैनिक प्राप्त ४५ रुपैयाँ निकै कम भएको कैदीबन्दीहरुले गुनासो गर्दै आएका छन्।


  •  
  •  
  •