जियोनि पायोनियर पी टु एम ल्याउंदै

34
  •  
  •  
  •  

काठमाडौं । ६ साउन, जियोनिले नयाँ बजेट स्मार्टफोन ‘जियोनि पायोनियर पी टु एम’ नेपाली बजारमा भित्र्याउन लागेको छ । जियोनिका प्रमुख विलियमलुले असारमा आफ्नो नेपाल भ्रमणका क्रममा जियोनिले अब नेपाली बजारमा प्रिमियम प्रयोगकर्ताका लागि नयाँ मोडल ल्याउन लागेको जानकारी दिनु भयो ।
दुईटा सिम र ४ इन्चको डब्लु भीजी ए स्क्रिन भएको पायोनियर पी टु एम हातमा सजिलै अट्ने कम्प्याक्ट डिजाइनमा उपलब्ध रहेको जियोनिका प्रमुख विलियमुले जानकारी दिनुएको छ ।
पायोनियर पी टु एममा ३,००० एम ए एच को ठुलो ब्याट्री रहेको छ ।  साथै फोनमा रहेको एक्स्ट्रिम पावर सेभिङ्ग मोडले एकदमै न्यून ब्याट्रीमा पनि फोनलाई चलाउन सकिने जियोनिले जनाएको छ ।
नयाँ मोडलमा १६ जी बि इन्टरनल स्टोरेज क्षमता भएको र मेमोरी कार्डको माध्यमबाट ३२ जी बि मेमोरी फोनमा थप्न सकिनेछ । जियोनिको पायोनियर पी टु एममा १.३ गिगाहर्जको क्वाड कोर सीपीयु र १ जी बि ¥याम रहेको छ ।
पायोनियर पी टु एममा ५ मेगा पिक्सलको रियर क्यामेरा र ०.३ मेगा पिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । यो मोडेलमा आन्ड्रोइड ५.१ ललिपपमा आधारित अमिगो ३.० अपरेटिङ्ग सिस्टम रहेको छ । कमिलियन जस्ता जियोनिकै एक्सक्लुसिभ एप पनि यसमा हुनेछ ।
जियोनि पायोनियर पी टु एम नयाँ मोडलको मूल्य ९ हजार ९ सय ९९ रुपियाँ रहेको छ । नयाँ मोडलको मोबायल कालो, सेतो र सुनौलोमा उपलब्ध हुने जियोनि कम्पनीले जनाएको छ ।


  •  
  •  
  •