चीनले सबैभन्दा पातलो स्मार्टफोन ल्याउने

194
  •  
  •  
  •  

gionee-elifeकाठमाडौ/ माघ (एजेन्सी) : चीनको मोबाइल कम्पनी जियोनीले नयाँ दुई वटा स्मार्टफोन ल्याउने तयारी गरिरहेको समाचारहरुमा जनाइएको छ । ती दुवै स्मार्टफोन बार्सिलोनामा आगामी महिना हुने वर्ल्ड मोबाइल कांग्रेसमा कम्पनीले सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

जियोनीले विश्वको सबैभन्दा पातलो स्मार्टफोन इलाईफ एस ५.५ ल्याएको थियो पछि इलाईफ एस ५.१ पनि निकालेको थियो, जुन स्मार्टफोनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले सबैभन्दा पातलो फोनको रूपमा इंकित गरेको थियो । तर, कम्पनीले अहिलेसम्म उक्त स्मार्टफोन कति पातलो छ भन्ने विषयमा केही खुलाएको छैन् ।

कम्पनीले नयाँ स्मार्टफोन निकै पातलो फोन हुनेछ र त्यसको प्रदर्शनी पनि निकै राम्रो हुने दावी गरेको छ । यो प्रविधीको दृष्टीले पनि निकै राम्रो र सुविधायुक्त हुने कम्पनीले जनाएको छ । कम्पनीले पातलो फोन बनाउने कम्पनीहरूले स्मार्टफोनमा सबै सुविधा दिन नसकिरहेको बताउँदै नयाँ स्मार्टफोनमा सबै सुविधा प्राप्त हुने बताएको छ । कम्पनीले ल्याउने उक्त स्मार्टफोनको डिजाइन र प्रयोगका हिसाबले निकै उत्कृष्ट हुने दावी गरेको छ ।


  •  
  •  
  •