अमेरिकी बेसबल खेलाडी ३२ करोड डलरमा अनुबन्धित

238
  •  
  •  
  •  

giancarlo-stantonsकाठमाडौ, ३ मंसिर(एजेन्सी) : २५ वर्षीय अमेरिकी बेसबल खेलाडी जियान कार्लो स्टेटन मियामी मार्लिन्स टोलीसँग ३२.४० करोड डलर(३ हजार करोड रूपैयाँ) को अनुबन्धित भएका छन् । प्रोफेशनल खेलको इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा मंहगो भएको बताइएको छ ।

स्टेन्टसभन्दा पहिला यो रेकर्ड मेजर लिग बेसबलका खेलाडी मुगुएल केब्रेराको नाममा थियो, उनी २.८८ करोड हजार रूपैयाँमा अनुबन्धित भएका थिए । तर उक्त अनुबन्धन मात्र ९ महिनामा टुटेको थियो ।

यता स्टेन्टनको अनुबन्धन १३ वर्षका लागि भएको हो । उनी मियामीको तर्फबाट खेल्नेछन् । स्टेन्टनको हरेक खेलमा मात्र ब्याटिङ गरेको मात्र ४९ लाख रूपैयाँ पाउनेछन् । यस हिसाबले उनले प्रतिघण्टा २.८२ लाख पाउने छन् । स्टेन्टन क्यालिफोर्निया निवासी हुन् ।

जियान कार्लो स्टेन्टन यसै वर्ष ‘सिल्भर स्लगर अवार्ड’ र एनएल हैक आरोन अवार्डले सम्मानित भएका थिए । अनुबन्धनको समयावधीभर उनले अन्य कुनै पनि टोलीका लागि खेल्न पाउने छैनन् । आगामी वर्षसम्म मियामी टोलीका लागि खेल्नुपर्ने हुन्छ । एक वर्षपछि उनले चाहेमा उक्त अनुबन्धन छोड्न सक्छन् ।


  •  
  •  
  •