सेकुवा पसलमा घुस लिदालिदै अनुसन्धान विभागका दुुई प्रहरी पक्राउ

247
  •  
  •  
  •  

काठमाडौं ४ भदौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलमा खटिएका राष्ट्रिय अनुसन्धान विभागका दुुई प्रहरीलाई घुुससहित पक्राउ गरेको छ। अख्तियारको टोलीले सिनामंगलको सेकुुवा पसलबाट प्रहरी निरीक्षक राजन थापा र असई विश्वेश्वर आचार्यलाई ७५ हजार रकमसहित पक्राउ गरेको हो। यी दुुवै विमानस्थलको गतिविधिबारे सूूचना संकलन गर्न विभागको प्रतिनिधिका रूपमा खटिएका कर्मचारी हुन्।

विभागका पूूर्व प्रमुख मोती गुरुङको पालामा थापा विमानस्थलमा खटिएका हुन्। नेतृत्व परिवर्तन भई जितबहादुर केसी विभाग प्रमुख भएपछि असई आचार्य विमानस्थलमा खटिएका हुन्। यी दुवै कर्मचारी फर्जी कागजातमा पटकपटक विवादमा तानिएका प्रहरी कर्मचारी हुन्। प्रहरी निरीक्षक थापा नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको विषयमा समेत अनुसन्धानमा छन्।
अख्तियार प्रवक्ता श्रीधर सापकोटाका अनुसार इन्द्रमणि शर्मा भन्ने व्यक्तिले विदेश जाने तयारीमा रहेका आफ्ना आफन्तलाई जाने सहज वातावरण मिलाइदिन भन्दै घुस दिएका हुन्। आचार्य र थापा दुवैलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
नागरिकबाट


  •  
  •  
  •