घुसकाण्डमा भन्सार प्रमुखकै संलग्नता

134
  •  
  •  
  •  

काठमाडौं २४ कत्तिक ।
सुन तस्करीमा पक्राउ परेका भारतीय नागरिक अभिषेक सरकारलाई छुटाउनका लागि घुस लिने कार्यमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख नै संलग्न रहेको तथ्य खुलेको छ ।

घुस लिदालिदै गत शुक्रवार राती पक्राउ परेका विमानस्थल भन्सार कार्यालयका नासु हरिबंश कार्की र शनिवार पक्राउ परेकिा अर्का नासु सुरेश थपलियाले घुस प्रकरणमा विमानस्थल भन्सार प्रमुख सुदीपचन्द्र शाहको संलग्नता रहेको तथ्य खोलेको छ ।

दुई नायबसुब्बाको बयानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल घुसप्रकरणमा शंकास्पद भूमिका देखिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका निमित्त प्रमुख शाहलाई निलम्बन गर्न निर्देशन दिएको छ ।

भारतीय नागरिक सरकारलाई सुन तस्करीको मुद्दा मिलाइदिने भन्दै शुक्रवार सााझ २१ लाख रुपैंया घुस लिँदालिँदै पक्राउ परेका भन्सार कार्यालयका नासु हरिबंश कार्कीले निमित्त प्रमुखको आदेश पालना गरेको बयान दिएका थिए ।

उनीपछि थप ५१ लाख रुपैंयाासहित पक्राउ परेका अर्का नासु सुरेश थपलियाले पनि शाहकै निर्देशनमा सो रकम लिएको बयान दिएका थिए । सोही आधारमा अख्तियारले शाहलाई निलम्बन गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।

अख्तियारका नासु कार्कीसहितका चार कर्मचारीले अबैध सुन पैठारी गरेकिो अभियोगमा मुद्दा खेपिरहेका भारतीय नागरिक अभिषेक सरकारको मुद्दा मिलाइदिने भन्दै २१ लाख रुपैयाा घुस मागेका थिए ।
राजधानी दैनिकबाट


  •  
  •  
  •