घुस लिदा लिदै डिएसपी पक्राउ

240
  •  
  •  
  •  

काठमाडौं १९ माघ(ओएनएस) : अख्तियार घुस लिइरहेका अवस्थामा नेपाल प्रहरीका डिएसीलाई पक्राउ गरेको छ । ललितपुरको एउटा होटलमा कालोबजारीयासँग घुस लिइरहेका अवस्थामा गएराती रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिंदालिदै नेपाल प्रहरीका ललितपुरका डिएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेश सिंहलाई घुस लिइएरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

कालोबजारीको तेल तस्करलाई संरक्षण दिएवापत ललितपुरको एक होटलमा ३ लाख घुस लिइरहेका बेला अख्तियारको टोलीले पक्राउ गरेको प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए । पक्राउपछि उनीहरुलाई हिरासतमा राखिएको छ । डिएसपीको पक्राउसँगै कालोबजारीमा प्रहरीको संलग्नतालाई पुष्टि गरेको छ ।


  •  
  •  
  •