सडक कार्यालयका प्रमुख २० लाख घुससहित पक्राउ

124
  •  
  •  
  •  

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियरद्वय निरोज महर्जन र इन्जिनियर ध्रुव श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ ।

मंगलबार साँझ उनीहरूलाई काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेबाट घुस लिँदालिँदै पक्राउ गरिएको हो ।उनीहरुको साथबाट १०/१० लाख बरामद गरिएको अख्तियार जनाएको छ ।
रनिङ बिल भुक्तानी गरिदिने भनेर उनीहरुले २० लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

 


  •  
  •  
  •