घुम्ती सेवा शुरु गर्दै ओमानस्थित नेपाली राजदूतावास

1001
  •  
  •  
  •  

काठमाडौं । नेपाली राजदूतावास ओमानले आगामी पुस ३ गते तद्अनुसार १८ डिसेम्बर २०२० का दिन घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।

दोफार प्रशासनिक क्षेत्रमा रहेका नागरिकहरूलाई भिसा, राहदानी नवीकरण, गैर आवासीय नेपाली परिचय पत्र, अधिकृत वारेसनामा लगायतका विविध अत्यावश्यक सेवाहरू प्रदान गर्न घुम्ती सेवा शुरु गर्न लागेको हो । उक्त सेवा लिन इच्छुक महानुभावहरूले सम्पर्क राख्न पनि दूतावासले आग्रह गरेको छ ।


  •  
  •  
  •