महोत्तरीमा भूत मेला !

91
  •  
  •  
  •  

महोत्तरी, १४ असोज । महोत्तरी जिल्लाको सोनामाई शक्तिपीठमा आजदेखि भूत मेला सुरु भएको छ ।  सोनामाई गाविस–४ मा अवस्थित सोनामाई मन्दिर परापूर्वकालदेखि नै भूतमेलाको लागि प्रख्यात छ । हरेक वर्ष बडादसैँको षष्ठीदेखि विजयादशमीको दिनसम्म यहाँ भूत मेला लाग्ने मन्दिरका पूजारी कामेश्वर झाले बताए । भूत मेलामा हजाराँै पीडित र दर्शनार्थीको भिड लाग्ने गर्दछ ।

भूत प्रेत, बोक्सा बोक्सी र दुष्ट आत्माले सताइएका हजाराँै पीडित प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन् भने सोनामाईको असीम कृपाले यहाँबाट निको भएर जाने गरेको जन विश्वास रहेको छ ।

सप्तमीदेखि विजयादशमीसम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत भारतका पटना सहरसम्मका हजाराँै पीडित महिला र पुरुष आउने गरेको अर्का पूजारी रमेश झाले बताए ।

यस अवधिमा सोनामाई शक्तिपीठमा ठूलो सङ्ख्यामा धामीझाँक्रीहरु रातदिन भजन कीर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् ।


  •  
  •  
  •