होटेलमा भूतको बास, बेलायती क्रिकेटर पत्नी डराएर थर्कमान

200
  •  
  •  
  •  

काठमाडौ, ५  साउन (एजेन्सी) । बेलायतको एक होटेलमा भुतले डेरा जमाएको छ । बेलायती क्रिकेटर र उनका पत्नीहरूले होटेलमा भुतले डेरा जमाएको बताएका छन् ।
क्रिकेटरका पत्नीहरू ुदि लांघमु होटेलमा एक पल पनि बस्न नचाहेको बताएको समाचारहरूमा जनाइएको छ । समाचारहरूमा जनाईएअनुसार लण्डनमा खेलका क्रममा पाहुना टोलीलाई उक्त होटेलमा बसाउने गरिएको छ । तर, भुतको डरले क्रिकेटरहरूको होस उडेको छ ।

एक अग्रेज वेबसाइटको रिपोर्ट अनुसार बेलायती टोलीका खेलाडी र उनका पत्नीहरूले उक्त होटेलमा बस्नका लागि इन्कार गरेका छन् । उनीहरूले भनेका छन्, ‘होटेलमा भूतले बास गरेको छ र त्यहाँ उनीहरू होटेलमा बस्न चाहँदैनन् ।’ तर, रिपोर्टहरूमा केही क्रिकेटरहरूले कोठा सर्ने प्रस्ताव गेरका छन् ।

अर्को रमाईलो कुरा के छ भने टी–२० मा बेलायती टोलीका कप्तान स्टुवर्ड ब्रोडले यसको पुष्टी गरेका छन् । ब्रोडले भनेका छन्, ‘श्रीलंकाको विरूद्ध टेस्ट खेलका क्रममा मलाई कोठा परिवर्तन गर्नुपर्यो । कोठा यति गर्मी थियो की म उक्त कोठामा सुत्न नै सकिन ।’, उनले थपे, ‘सुत्ने क्रममा अचानक कोठाको बाथरूमको पानी खुलेको थियो । यसपछि जब मैले मैनबत्ति बाले पानी आफै बन्द भयो । त्यसपछि मैनबत्ति बन्द गरे र पानी फेरी खुल्यो । यो निकै अचम्मको अनुभव हो ।’

ब्रोडले भनेका छन् उनकी महिला मित्र बेलेले पनि यस्तै अनौठो अनुभव गरिसकेकी छिन् । उनले भने, ‘मलाई थाहा छ की मोइन अलीकी पत्नी पनि भूतको डरको कारण होटेलमा बसिनन् ।’ उनले थपे, ‘म भारतविरूद्धको खेलमा राम्रोसँग सुतेको छु, तर पछील्लो महिना श्रीलंका विरूद्धको खेलका क्रममा निकै खराब अनुभव रह्यो । एक रातमा करिब १–३० बजे बिउँझिए र मलाई यस्तो लाग्यो की कोही अरू मानिस पनि कोठामा छन् ।’

बेलायती क्रिकेटरले भनेका छन् की बेन स्टोक्सले पनि यस्तै अनुभव गरेका छन् । उनले भने, ‘भारतविरूद्धको खेलका क्रममा मेरो साथी क्रिकेट बेन स्टोक्स पनि डराएका थिए । सयद यसकारन अन्य क्रिकेटरका पत्नीहरूले पनि उक्त होटेलमा बस्न इन्कार गरेका छन् ।’


  •  
  •  
  •