यसरी मनाइयो घोडेजात्रा (फोटोफिचर)

229
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : हरेक वर्ष जस्तै चैत कृष्ण औंशीका अवसरमा आज राजधानीमा घोडेजात्रा मनाइयो ।
जनविश्वासअनुसार प्राचीन कालमा काठमाडौँको टुँडिखेलमा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा नामको राक्षसले सहरका बालबालिकालाई खाने गरे पछि पीडित सहरवासीले विभिन्न उपायले त्यसलाई मारेछन् ।
तर मारे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने डरले प्रत्येक वर्ष घोडेजात्रा गरी त्यस राक्षसको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।
घोडेजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको थियो ।
जात्राकै अवसरमा नेपाली सेनाले काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा घोडाजात्राको विशेष कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा उच्च सरकारी अधिकारीहरुको सहभागिता थियो ।

g2 g3 g4 g5 g6 g7 g8 g9 g10 g11 g12 g13


  •  
  •  
  •  

Comments are closed.